close

गुलरियाको मतदानस्थल नजिकै बम विस्फोट

गुलरियाको मतदानस्थल नजिकै बम विस्फोट

Trulli
ADVERTISEMENT

बर्दियाको शम्भु शरण माध्यमिक विद्यालय, गुलरिया(२) को मतदानस्थल नजिकै बम विस्फोट भएको छ । बम विस्फोट भएपछि मतदान स्थगित भएको छ।

मतदान सुरू भएको केही समयमै स्कूलको छतमा राखिएको बम विस्फोट भएको थियो। बम विस्फोट भएपछि त्यहाँ भागदौड मच्चिएको थियो।

विस्फोटबाट कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक हृदेश सापकोटाले बताए। 

उनका अनुसार अहिले स्थिति सामान्य भइसकेको र पुन मतदान गराउने तयारी भइरहेको छ।