close

गंंगारामले दिलाए रेशमको नागरीक उन्मुक्ती पार्टीलाई पहिलो जित

गंंगारामले दिलाए रेशमको नागरीक उन्मुक्ती पार्टीलाई पहिलो जित

Trulli
ADVERTISEMENT

कैलाली । कैलालीको प्रतिनिधिसभा तर्फ क्षेत्र नं ३ मा नागरिक उन्मुक्ती पार्टीका गंगा चौधरी विजयी भएका छन् ।

योसँगै रेशम चौधरीको नागरिक उन्मुक्ती पार्टीले सुदूरपश्चिममा पहिलो जित हासिल गरेको छ । कैलाली ३ मा खसेको ६३ हजार ४ सय ४० मतमध्ये नागरिक उन्मुक्तीका चौधरीले २३ हजार १ सय २० मत पाएर विजयी भएका हुन् ।

सत्ता गठबन्धनका तर्फबाट माओवादीका कुन्दन चौधरीले १७ हजार ७ सय ४९ मत प्राप्त गरी निकटतम प्रतिद्धन्दि बने । त्यस्तै, नेकपा एमालेका गौरीशंकर चौधरीले ९ हजार ८ सय ७४ मत पाउँदा राप्रपाका वीरेन्द्र बमले ७ हजार ४७ मत प्राप्त गरेका थिए ।

यस निर्वाचन क्षेत्रमा एमालेका गौरीशंकर र गठबन्धनका कुन्दन माओवादीका पूर्व लडाकु र सहकर्मी थिए । तर दुई सहकर्मीलाई पछार्दै केही समय पहिले मात्रै स्थापना भएको नागरिक उन्मुक्ती पार्टीले फराकिलो मतान्तरले जित हासिल गरेको छ ।

कैलालीको टिकापुर घटनाका मुख्य दोषी मानिएका रेशम चौधरी जेलमै सजाय भोगीरहेका छन् भने नागरिक उन्मुक्ती पार्टीका अध्यक्षका रुपमा उनकी धर्मपत्नी रञ्जिता श्रेष्ठ चौधरी छिन् ।

कैलालीको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा रञ्जिता पनि जितको नजिक पुगेकी छिन् ।