close

मोरङ क्षेत्र नम्बर ६ मा एमालेलई पछाडि पार्दै नेपाली काँग्रेस

मोरङ क्षेत्र नम्बर ६ मा एमालेलई पछाडि पार्दै नेपाली काँग्रेस

Trulli
ADVERTISEMENT

मोरङ । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली काँग्रेसका डा. शेखर कोइरालाले अग्रता लिएको छ । सत्ता गठबन्धन दलका उम्मेदवार बनेका कोइरालाले दुइ हजार ७८५ मतसहित अग्रता कायम गरेका हुन् ।  

मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार सात हजार तीन सय ६७ मतगणनामा गर्दा नेकपा (एमाले)का लालबाबु पण्डितले दुई हजार तीन सय ८० र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले आठ सय ६४ मत पाएका छन् ।

क्षेत्र नं ६ (१) प्रदेशसभातर्फ एमालेकी रीता न्यौपाले दुई हजार आठ सय २६, नेकपा (माओवादी केन्द्र)का जीवन आचार्यले दुई हजार एक सय १३ र राप्रपाका हिरा भट्टराईले एक हजार छ सय ५४ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा १५ हजार आठ सय १३ मतगणना भएको छ ।

यस्तै मोरङ क्षेत्र नं ४ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दलका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदीले सात हजार एक सय ९९ मत ल्याएर अग्रता कायम गरेका छन्। एमालेका विनोदप्रसाद ढकालले चार हजार नौ सय ६७ र राप्रपाका रवि रिजालले तीन सय ७८ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा १३ हजार नौ सय १८ मतगणना भएको छ ।

यसैगरी क्षेत्र नं ४ (१) प्रदेशसभातर्फ सत्ता गठबन्धनका तर्फबाट नेकांका गुरुराज घिमिरेले पाँच हजार एक सय ६८, एमालेका जयप्रकाश चौधरीले चार हजार तीन सय ४९ र राप्रपाका आशनारायण माझी थारूले आठ सय ११ मत ल्याएका छन् । यस क्षेत्रमा ११ हजार चार सय ६७ गणना भएको छ ।