close

रसुवा प्रदेश नं १ मा कांग्रेस विजयी

रसुवा प्रदेश नं १ मा कांग्रेस विजयी

Trulli
ADVERTISEMENT

रसुवा । रसुवा प्रदेश क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन्  । उनले  निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कुलप्रसाद भट्टलाइ तीन हजार चार सय १४ मतान्तरले विजयी भएका हुन् ।

 

भट्टले चार हजार सात सय ७२ मत पाएका थिए ।  निर्वाचन अधिकृत रामचन्द्र पौडेलका अनुसार उक्त क्षेत्रमा एक स्वतन्त्र महिलासहित आठजना उम्मेदवार थिए।

 

उक्त क्षेत्रमा १३ हजार ६ सय ५५ मत खसेकामा १३ हजार दुई सय ८७ मत सदर भएको थियो ।