close

दार्चुलामा नेपाली कांग्रेसका बडूको अग्रता कायमै

दार्चुलामा नेपाली कांग्रेसका बडूको अग्रता कायमै

Trulli
ADVERTISEMENT

दार्चुला । दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रस्थानमा  छन् । 

प्रतिनिधि सभा अन्तर्गत व्यास गाउँपालिका दुहुँ गाउँपालिकाको मतगणना सम्पन्न हुँदा बडूले चार हजार पाँच सय १६ मत पाएका छन्। उनलाई नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाले पछ्याइ रहेका छन् ।  ठगुन्नाले चार हजार ७४ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विक्रमसिंह धामीले पाँच हजार एक सय ६९ मत सहित अग्रस्थानमा छन् । उनलाई नेकपा एमालेका उम्मेदवार हरदेव जोशीले चार हजार तीन सय ९३ मतले पछ्याइ रहेका छन् ।