close

नेकपा एसका अध्यक्ष नेपाल रौतहट–१ वाट विजयी

नेकपा एसका अध्यक्ष नेपाल रौतहट–१ वाट विजयी

Trulli
ADVERTISEMENT

काठमाडाैं । नेकपा एस (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल रौतहटवाट निर्वाचित भएका छन् ।

सत्तारुढ गठबन्धनको एक घटक एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेकपा एमालेका अजय गुप्तालाई पराजित गर्दै प्रतिनिधिसभामा आफ्नो सिट सुरक्षित गरेका हुन् । रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपालले ३३ हजार ५सय २२ मत प्राप्त गर्दै नेपालले जित हात पारेका हुन् ।

नेपालले गुप्तालाई ६ हजार ६ सयको मतान्तरले पराजित गरेका छन् । एमालेका अजयले २६ हजार ९सय २२ मत प्राप्त गरेका हुन् ।राष्ट्रिय राजनीतिमा निकै चर्चाकासाथ यस क्षेत्रलाई हेरिएकाे थियाे ।