close

अर्घाखाँचीमा एमालेकाे 'क्लिन स्वीप'

अर्घाखाँचीमा एमालेकाे 'क्लिन स्वीप'

Trulli
top
ADVERTISEMENT

अर्घाखाँची । अर्घाखाँचीका तीनवटै सिटमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सो क्षेत्रमा तीन वटै सिट एमालले जितेको हो ।

प्रतिनिधिसभामा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी तथा प्रदेशसभा (१)मा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेशसभा (२) मा रामजीप्रसाद घिमिरे विजयी भएको हो ।

निर्वाचित तीनैलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको घोषणा गर्नाका साथै प्रमाणपत्र प्रदान गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक कार्यक्रमको आयोजना गरी विजयी घोषणा गर्नाका साथै प्रमाणपत्र प्रदान गरेको हो । 

प्रमाणपत्र ग्रहण गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित रायमाझीले सबै पक्षसँग समन्वय र सहकार्य गरेर देशको एकमात्र लक्ष्य समृद्ध नेपाल र सुखी नेपाली बनाउन लागिपर्ने बताए । 

रायमाझी ४२ हजार छ सय ७५ मत प्राप्त गरी विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वतमान उपसभामुख पुष्पा भुसालले ४० हजार नौ सय ४५ मत प्राप्त गरे। रायमाझी एक हजार सात सय ३० मतान्तरले विजयी भए । स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले तीन हजार एक सय ९९ मत प्राप्त  गरेका छन्। 

रायमाझी विसं २०६४, २०७०, २०७४ र २०७९ गरी चारपटक विजयी भएका हुन्। पूर्वउपप्रधानमन्त्री भइसकेका रायमाझी पटक–पटक मन्त्रीसमेत भइसकेका छन् । 

प्रदेशसभा (१) मा एमालेका उम्मेदवार चेतनारायण आचार्यले २० हजार पाँच सय १८ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका सागर केसीले १९ हजार सात सय ७८ मत प्राप्त गरे । प्रदेशसभा (२)मा पनि एमालेका उम्मेदवार रामजीप्रसाद घिमिरे विजयी भएका हुन् । घिमिरेले २२ हजार सात सय ७६ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कमलप्रसाद भुसालले २१ हजार नौ सय ७५ मत प्राप्त पाएका छन् ।