close

सिरहा–४ मा जसपाका महतो विजयी

सिरहा–४ मा जसपाका महतो विजयी

Trulli
ADVERTISEMENT

सिरहा निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य पदमा जनता समाजवादी पार्टीका जसपाका डा वीरेन्द्रप्रसाद महतो विजयी भएका छन् ।

अन्तिम मतपरिणामअनुसार उनले  जनमत पार्टीका वीरेन्द्रप्रसाद शाहलाई सात हजार ८०८ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । 

क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत दीपेन्द्रनाथ योगीका अनुसार महतोले २४ हजार एक सय दुई मत प्राप्त प्राप्त गर्दा  निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शाहले १६ हजार दुई सय ९४ मत पाएका छन् । 

यसैगरी सत्ता गढबन्धनबाट एकीकृत समाजवादीका धर्मनाथ शाहले १४ हजार ६५३ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीका विमल कुमार तिवारीले एक हजार ६८३ मत प्राप्त गरे । 

यस निर्वाचन क्षेत्रमा जम्मा ६५ हजार दुई सय १६ मत खसेकामा चार हजार दुई सय ९४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।  सिरहा–४ मा विजयी महतो २०७० को दास्रो संविधानसभामा समानुपातिकतर्फबाट सभासद बनेका थिए।