close

देउवा भेट्न बालुवाटार पुगेका प्रचण्डले के सन्देश दिएर गए ?

गठबन्धन दलको बैठक तत्काल बोलाउने सहमती

देउवा भेट्न बालुवाटार पुगेका प्रचण्डले के सन्देश दिएर गए ?

गठबन्धन दलको बैठक तत्काल बोलाउने सहमती

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबीच शनिबार बालुवाटार पुगेका छन् । 

अहिलेकै सत्तारुढ गठबन्धनभित्रैबाट नयाँ सरकार बनाउने विषयमा छलफल भएको निकट स्रोतले बताएको छ । 

निर्वाचनको परिणाम आउने क्रम जारी रहेकै बेला शनिबार विहान देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको सहकार्यलाई निरन्तरता दिने गरी प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले प्रचण्डसँग छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो । 

गठबन्धनका दलहरुको बैठक छिट्टै बोलाउने निर्णय पनि प्रधानमन्त्री र प्रचण्डले गरेका छन् ।

सरकारमा सहभागी दलहरुबाटै भावी सरकार बनाउने गरी छलफल गर्नुपर्ने देउवाको प्रस्तावलाई अगाडि बढाउनुपूर्व निर्वाचनको समिक्षा र विकसित घट्नाक्रमबारे थप छलफल आवश्यक भएकाले तत्काल गठबन्धन दलहरुको बैठक बोलाउनुपर्ने राय प्रचण्डले राखेका थिए । 

तेस्रो शक्तिका रुपमा रहेपनि गठबन्धनको मुख्य 'प्लेयर' प्रचण्डले सरकार गठनका विषयलाई लिएर छलफल तिब्र पारेका छन् ।