close

मातृभाषा प्रयोगको बारेमा परवानीपुरमा अभिमुखीकरण

मातृभाषा प्रयोगको बारेमा परवानीपुरमा अभिमुखीकरण

Trulli
ADVERTISEMENT

बारा । परवानीपुर गाउँपालिकाको आयोजनामा मातृभाषा(भोजपुरी) को अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार आयोजित कार्यक्रमा सहभागी वक्ताले मातृभाषामा शिक्षा र सरकारी कामकाजमा प्रयोग गर्न आवश्यक रहेको बताएका थिए । 

भाषा आयोग र पालिकाको सहकार्यमा भएको सो कार्यक्रममा पालिकामा  पाठ्यक्रममा भोजपुरी भाषा विषयमा छलफल भएको थियो । गाउँपालिका अध्यक्ष राम क्षेत्रीले स्थानीय तहमा मातृभाषाको प्रयोग गर्नको लागि भाषा आयोगको सहयोगको आवश्यक रहेको बताए । 

परवानीपुर गाउँपालिकाका प्रशासकीय अधिकृत मुन्ना रौनियारले पालिकामा कक्षा १ देखि भोजपुरी पाठ्यक्रम लागू गर्न पाठ्यक्रम विकास समिति बनाउने योजना रहेको बताए । 

कार्यक्रममा सहभागी स्थानीय विद्यालयका प्रधानाध्यापकहरुले पाठ्यक्रम तथा पाठ्यपुस्तक अभावले आफूरुले विद्यालयमा भोजपुरी भाषामा पठनपाठन गर्न समस्या भइरहेको बताएका थिए ।