close

स्थानीय तहले कसरी सम्झिए सहिदलाई?

स्थानीय तहले कसरी सम्झिए सहिदलाई?

Trulli
ADVERTISEMENT

काठमाडौं। तत्कालीन जहानिया राणा शासन, निरंकुश पञ्चायती शासन तथा तानाशाही राजतन्त्रविरुद्ध क्रान्ति गरेका व्यक्तित्वहरुको सम्झनामा सोमबार मुलुकभर विभिन्न कार्यक्रमसहित सहिद दिवस मनाइयो । मुलुकमा लोकतान्त्रिक शासन प्रणाली ल्याउनका लागि जीवन त्याग गरेको योद्धाहरुको योगदानमा हरेक वर्ष सहिद दिवस मनाइने गरिन्छ । 

देश र जनताको हितमा जीवन आहुती दिएका सहिदको सम्झनामा सोमबार मुलुकभरका अधिकांश स्थानीय तहले विभिन्न क्रियाकलाप गरी सहिद दिवस मनाएका छन् । स्थानीय तहले धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीसँगै विभिन्न सहिदहरुको सम्झनामा सहिद दिवस मनाएका हुन् । 

हरेक वर्षको माघ १० गतेदेखि माघ १६ गतेसम्म विभिन्न क्रियाकलापसँगै सहिद सप्ताह मनाउने गरिन्छ । काठमाडौँ महानगरपालिकाले सहिदहरुको सम्झनामा साताव्यापी विभिन्न क्रियाकलाप गरी मनाएको छ । 

महानगरपालिकाले सहिद सप्ताहको हरेक दिन विभिन्न स्थानमा विभिन्न क्रियाकलाप गरी मनाइएको  जनाएको छ । महानगरका प्रवत्ता नवीन मानन्धरका अनुसार  महानगरपालिकाले माघ १० गते टेकुस्थित सहिद शुव्रmराज शास्त्रीको सालिकमा माल्याअपर्ण गरेको छ । यसैगरी १३ गते सिफलस्थित धर्मभक्त माथेमा र १५ गते शोभा भगवतीमा दशरथ चन्द र गंगालाल श्रेष्ठलाई माल्याअर्पण गरी मनाइएको छ । यसैगरी १६ गते राष्ट्रिय सभागृहमा स्मृती सभा गरी बनाएको प्रवक्ता मानन्धरले बताए । उनले सहिदहरुको उच्च सम्मानको लागि महानगरपालिकाले साता व्यापी कार्यक्रम गरी मनाउने गरेको सुनाए । 

यस्तै, सुनसरीको इनरुवा नगरपालिकाको वडा नम्बर ५ को सहिद गेटमा सहिदहरुको शालिकमा माला अर्पण गरिएको नगरप्रमुख केदार भण्डारीले बताए । उनका अनुसार नगरपालिकाको कर्मचारी र जनप्रतिनिधिहरुको सहभागितामा सो कार्यक्रम मनाइएको हो। 

उनले देश र नागरिकको हितमा सहिदले गरेकोे योगदानले गर्दा मुलुकको सार्वभौमता कायम भएको दावी गरे । सहिदका योगदानलाई आधार मानी सहिदको आहुतीप्रति सम्मान गरिएको उनले बताए । 
जाजरकोटको नलगाड नगरपालिकाले सहिदहरुको सम्झनामा सहिद दिवस मनाएको  छ । नगरपालिकाले चार सहिदसँगै स्थानीय सहिदहरुको शालिकमा माला अर्पण गरी मनाइएको नगरप्रमुख डम्बर बहादुृर रावतले बताए । उनले नगरपालिकाको सोही दिन ११ औं नगरसभा सञ्चालन गरी सम्पन्न गरेको समेत बताए । 

उनका अनुसार नगरसभाबाटै सहिदको तस्विरमा माल्याअर्पण, सहिदको सम्झनामा मौनधारण गरिएको छ । 

उता, कालीकोटको रास्कोट नगरपालिकाले सहिद दिवसको अवसरमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण खेलकुद आयोजना ग¥यो। नगरप्रमुख धर्मराज शाहीका अनुसार महिला जनप्रतिनिधि र महिला कर्मचारी, पुरुष कर्मचारी र पुरुष जनप्रतिनिधिबीच मैत्रीपूर्ण भलिवल प्रतियोगिता गरिएको हो । 

दुबै खेलमा जनप्रतिनिधिले विजयी हासिल गरेको उनले बताए । उनले मुलुकको परिवर्तन, मधेश आन्दोलन, संविधानसभा निर्माण, संघीयता निर्माण गर्ने स्थानीय तथा राष्ट्रिय सहिदहरुको योगदान अमूल्य रहेकोले स्मरणमा रहेको बताए ।सहिदको स्मरणमा माल्याअर्पणसँगै उनीहरुको सपना पुरा गर्नको लागि आफूहरुले लागि पर्ने उनको जिकिर छ । 

वि. सं २०१२ माघ १६ गतेदेखि जहानिया राणा शासन हटाउन आफ्नो ज्यानको आहुती दिएका शहिदहरुको सम्झनामा शहिद दिवस मनाउन थालिएको हो।