close

कक्षा १२ पुरा गरी विवाह गर्नेलाई गाउँपालिकाको सम्मान

कक्षा १२ पुरा गरी विवाह गर्नेलाई गाउँपालिकाको सम्मान

Trulli
ADVERTISEMENT

सर्लाही ।  चन्द्रनगर गाउँपालिकाले कक्षा १२ पुरागरी विवाह गर्ने युवतीलाई नगदसहित सम्मान गरेको छ । गाउँपालिकाले कक्षा १२ को अध्ययन पुरा र २० वर्ष पुरा भई भई विवाह गर्ने युवतीलाई नगदसहित सम्मान गरेको हो । 

गाउँपालिकाको अनुसार जयपालसिंहकी  छोरी लक्ष्मीसिंह दनुवारलाई बिहिबार विवाह मण्डपमै सम्मान गरिएको हो । गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले उनलाई भेटेर ५० हजारको चेक हस्तान्तरण गरेका हुन् । 

गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले २० वर्ष पुरा भएका र कक्षा १२ को अध्ययन पुरा गर्ने युवतीलाई ५० हजार नगदसहित सम्मान गर्ने निर्णय गरेसँगै उनलाई सम्मान गरिएको अध्यक्ष महतोले बताए । 

उनका अनुसार गाउँपालिकाले हालसम्म १३ जना युवतीहरुलाई सम्मान गरिसकेको छ । पालिकाको शैक्षिक सुधार र बालविवाह अन्त्यको लागि सो अभियान सञ्चालनमा ल्याएको उनले बताए ।