close

जगन्नाथका १०५ घर निर्माण हुँदै

जगन्नाथका १०५ घर निर्माण हुँदै

Trulli
ADVERTISEMENT

बाजुरा ।  जगन्नाथ गाउँपालिकाका १ सय ५ परिवारका घर निर्माण गर्न आवश्यक पहल गर्दै आएको छ  ।  प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन प्राधिकरणसँग घर निर्माण गर्नको लागि आवश्यक पहल गर्दै आएको हो । 

विभिन्न समयका मनसुनजन्य विपद्को कारण क्षतिग्रस्त भएको घर निर्माणको लागि आवश्यक पहल गर्दै आएको गाउँपालिकाले जनाएको छ । प्राधिकरणले हाल रुपधन शाहीको घर निर्माणका लागि छनौट गरेको गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताए । 
 
 गाउँपालिकाका अध्यक्ष शाहीले पालिका भित्र वार्ड नं १ देखि ६ सम्मका जोखिम बस्ती बिस्तार देखि पुनः निर्माणको पहल गर्दै आएको बताए । उनले 
स्थानीय सरकारको पहलमा राष्ट्रिय बिपद् जोखीम न्युनिकरण तथा ब्यबस्थापन प्राधिकरण मार्फत घरको सर्वेक्षण भइसकेको बताए । 

उनका अनुसार सो घर निर्माणको लागि आवश्यक पहल हुँदै आएको छ । उनले सम्झौता भएसँगै घर निर्माण कार्य सुरु हुने बताए ।