close

एक दशकपछि कोल्टीमा स्थायी डाक्टर

एक दशकपछि कोल्टीमा स्थायी डाक्टर

Trulli
ADVERTISEMENT

बाजुरा । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले करिब एक दशकपछि स्थायी डाक्टर पाएको छ । बुढीनन्दा नगरपालिकाको वडा नम्बर  २ स्थित केन्द्रले एक दशकपछि एक जना स्थायी डाक्टर पाएको हाे ।
 
करार सेवाको कर्मचारीको भरमा सो केन्द्रले लामो समयदेखि सेवा प्रवाह गर्दै आएको थियो । केन्द्रमा स्थायी डाक्टर ल्याउनका लागि पालिकाले लामो प्रयासपछि मेडिकल अधिकृत तहको प्रतिक न्यौपाने आएका हुन् ।

केन्द्रको लागि एक जना अधिकृत तहको एक जना डाक्टर दरबन्दी दिएको थियो । तर सो पदमा पनि रिक्त भएको  केशर कुमार बोहोराले बताए।  कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष चिकित्सकहरुको व्यवस्थापन गरेपछि अहिले जटिल खालका विरामीहरुको उपचार समेत हुने गरेको नगरपालिकाले जनाएको छ ।