close

मेलमिलापकर्ता उत्पादन गर्दै देवदह

मेलमिलापकर्ता उत्पादन गर्दै देवदह

Trulli
ADVERTISEMENT

रुपन्देही- देवदह नगरपालिकाले मेलमिलापकर्तासम्बन्धी तालिम दिने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप मेलमिलापकर्तासम्बन्धी तालिम दिएको हो । 

नगरपालिकाले एक सूचना जारी गर्दै स्थानीय बासिन्दालाई ४८ घण्टे तालिम दिने जनाएको छ । देवदह नगरपालिकाको न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन २०७४ बमोजिम मेलमिलापकर्ता सूची तयार गर्ने प्रयोजनार्थ नयाँ मेलमिलापकर्ता तयार पार्न तालिम दिन लागेको हो । 

कक्षा १२ उत्तीर्ण गरेको, २५ वर्ष नाघेको, राजनीतिक दलमा आवद्ध नभएका व्यक्तिले आवश्यक कागजातसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाले ४५ जना स्थानीय बासिन्दालाई तालिम दिन लागेको हो ।