close

रामप्रसादराई कर्मचारी र जनप्रतिनिधिलाई अभिमुखिकरण

रामप्रसादराई कर्मचारी र जनप्रतिनिधिलाई अभिमुखिकरण

Trulli
ADVERTISEMENT

भोजपुर - रामप्रसादराई गाउँपालिकामा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । गाउँपालिकाभित्रको कर्मचारी, जनप्रतिनिधि तथा वडा सचिवलाई प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रले सो अभिमुखीकरण गरेको हो । 

गाउँपालिकाको उपाध्यक्ष वीरेन्द्र राईका अनुसार गाउँपालिकाको सभाहलमा बिहीबार र शुक्रबार दुई दिने सो कार्यक्रम भएको हो । कार्यक्रममा स्थानीय तहको कार्यप्रणालीबारे विभिन्न जानकारी दिएको उनले पालिकाखबरलाई सुनाए । 

उनका अनुसार अभिमुखीकरणमा संगठन, पालिका प्रशासन, न्यायिक कार्य, बजेट, सेवा प्रवाहलगायत विभिन्न विषयमा जानकारी दिएको छ । कार्यक्रमले पालिकामा आफूहरुले गरेको कार्यलाई थप कसरी प्रभावकारी बनाउने भन्ने बारे जानकारी लिएको उनको भनाइ छ । 

पालिकाको दैनिक सेवामा कार्यान्वयन गर्नुपर्ने भएकाले तालिम प्रभावकारी भएको उनले बताए ।