close

ठेक्का भर्न कोही नआएपछि...

शिवसताक्षी नगरपालिकाले ठेकेदार नपाउँदा चालु आर्थिक वर्षको आन्तरिक आयको मुख्य स्रोतबाट राजश्व उठ्न सम्भावना न्यून बनेको छ । तीन पटकसम्म बोलपत्र आव्हान गरे पनि कन्काइ र कमल खोलाको  ढुंगा, गिटी, बालुवा संकलन तथा बिक्री गर्ने ठेकेदारको एउटा पनि आवेदन नपरेको हो । त्यसपछि पुन: चौथो पटक ७ दिने सूचना निकालेको छ ।

Trulli
ADVERTISEMENT

झापा - नगरपालिकाले नदीजन्य सामग्री निकासीको लागि तेस्रो पटक जारी गरेको सूचनामा आवेदन नपरेपछि नगरपालिकाले गत फागुन ३ गते चौथो पटक सूचना जारी गरेको हो । अघिल्लो सूचनामा आवेदन नै नपरे पछि पुन: आव्हान गरेको नगरपालिकाको नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन)ले पालिकाखबरलाई बताए ।

उनका अनुसार मुलुकमा पछिल्लो समय आर्थिक मन्दीको कारण नगरक्षेत्रमा घर तथा भवन निर्माण न्यून भएकै कारण ठेकेदारको आवेदन नपरेको अनुमान गरिएको छ । ‘आर्थिक मन्दीले गर्दा अहिले घर भवनहरु बन्न सकेको छैन,’ उनले भने । घर/भवन नबनेकोले ठेकेदारहरु घाटामा जाने डरले आवेदन नहालेको उनको भनाइ छ ।

कन्काइ र कमल खो क्षेत्रमा मानवीय संसाधनको प्रयोग गरी मात्रै निकासा गर्न पाउने व्यवस्था गरेको उनले सुनाए । ‘हामीले डोजर पनि प्रयोग गर्न नपाउने भनेका थियौँ । हातैले निकाल्नु पर्ने हो,’ उनले भने, ‘त्यसैले मान्छेले नहालेको कि के हो ?’

सो क्षेत्रमा नदीजन्य सामग्रीको चोरी हुने भएकाले वैधानिक रुपमा नै निकासा गर्न खोजेको उनले सुनाए । नदीजन्य सामग्रीको निकासाको लागि आवेदन नै नपरे पालिकाले नै केही व्यवस्था गरेर बिक्री गर्ने उनको भनाइ छ । सोका लागि आवश्यक छलफल गरिने उनले बताए ।