close

वडावासीलाई ‘फर्स्ट एड’ तालिम

वडावासीलाई ‘फर्स्ट एड’ तालिम

Trulli
ADVERTISEMENT

काभ्रे- रोशी गाउँपालिका वडा नम्बर-१२ को आयोजनमा पाँच दिने प्राथमिक उपचारसम्बन्धी तालिम सम्पन्न भएको छ । साम्दो भविष्य नामक गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा सो तालिम आयोजना गरिएको वडाध्यक्ष बसन्त स्याङतनले बताए । 

वडामा रहेका सबै टोललाई समेटेर प्रतिटोल २/२ जना र प्रत्येक विद्यालयबाट छात्र र छात्रा गरी २/२ जना गरी ३० जनालाई प्राथमिक
उपचारसम्बन्धी निःशुल्क तालिम दिइएको वडाध्यक्ष स्याङ्तनको भनाइ छ । भौगोलिक विकटताका कारण नागरिकले प्राथमिक उपचारकै लागि स्वास्थ्य चौकी पुग्न ३ घण्टा समय लाग्ने भएको हुँदा तालिमको आयोजना गरेको वडाध्यक्ष स्याङ्तानले जानकारी दिए ।

तालिम समापनपछि प्रत्येक टोलमा स्टेचर र प्राथमिक उपचार बक्स पनि वितरण गरिएको छ । वडाध्यक्षका अनुसार सहयोगी संस्थाले सबै टोलमा गरी २५ वटा प्राथमिक उपचार बक्स र ५ वटा स्टेचर वितरण गरेको हो । 

सोही कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले वडा कार्यालय र साम्दो भविष्य संस्थाले राम्रो तालिम प्रदान गरेको
बताउँदै गाउँपालिकाको हरेक वडामा आवश्यक हरेको बताए । उनले अन्य वडामा पनि यस्तै तालिमको आयोजना गर्नको लागि साम्दोलाई अनुरोध गरे ।