close

धनपालथानका हिन्दुलाई दोसल्ला र मुस्लिमलाई सल

धनपालथानका हिन्दुलाई दोसल्ला र मुस्लिमलाई सल

Trulli
ADVERTISEMENT

मोरङ - धनपालथान गाउँपालिकाले झाकी प्रदर्शन तथा महिलालाई सम्मान गरेको छ । गाउँपालिकाले ११४ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिहीबार सो कार्यक्रम गरेको हो । 

गाउँपालिका अध्यक्ष जिवछप्रसाद गच्छादारका अनुसार कार्यक्रममा महिलाहरुले आ-आफ्नो समूदाय अनुसारको कला तथा संस्कृती प्रदर्शनी गरेका थिए । महिला सशक्तिकरणका लागि समूहगत रुपमा विभिन्न झाकी प्रदर्शनी गरेको उनले पालिकाखबरलाई सुनाए । 

कार्यक्रममा हिन्दु, मुस्लिम लगायत विभिन्न समुदायले दाइजो प्रथाविरुद्ध करिब ५ वटा समूहले प्रस्तुती दिएको उनको भनाइ छ । कार्यक्रममा सहभागी भएका महिलालाई गाउँपालिकाले प्रमाणपत्रसहित सम्मान गरेको उनले सुनाए । 

सम्मानमा गाउँपालिकाले मुस्लिम समुदायको लागि सल र हिन्दुका लागि दौसल्लासमेत वितरण गरेको उनले बताए ।