close

हुबहु पारित नागरिकता विधेयकप्रति सरकार लचक, राष्ट्रियसभाबाट विधायन समितिमा फिर्ता

हुबहु पारित नागरिकता विधेयकप्रति सरकार लचक, राष्ट्रियसभाबाट विधायन समितिमा फिर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेको नागरिकता विधेयकमाथि विषयगत समितिमा छलफल गर्ने भएको छ । 

प्रतिनिधिसभाबाट फास्ट ट्रयाकबाट हुबहु पारित गरेको विधेयकलाई राष्ट्रियसभाले प्रक्रियागत रूपमा अघि बढाउने भएको हो ।

आइतबारको  बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता नागरिकता विधेयकलाई पुनर्विचारका लागि विधायन समितिमा  पठाउने प्रस्ताव गरेका थिए । उनको प्रस्ताव बैठकको सर्वसम्मतिबाट स्वीकृत भएको छ ।

विषयगत समितिमा पठाइएसँगै नागरिकता विधेयक पारित गर्ने लम्बिने निश्चित भएको छ । यसअघि संसदीय प्रक्रिया छल्दै फास्ट ट्रयाकबाट विधेयक पारित गरेकोमा सर्वत्र आलोचना भएको थियो ।

राष्ट्रपतिबाट आएको सन्देशलाई सरकारले पूर्णरूपमा बेवास्ता गरेर हुबहु विधेयक पारित गरेको विषयमा आलोचना भएपछि सरकार लचक बनेको हो ।