close

काठमाडौंमा घर बनाउँदै हुनुहुन्छ ? अब २० प्रतिशत जग्गामा पार्किङ अनिवार्य

काठमाडौंमा घर बनाउँदै हुनुहुन्छ ? अब २० प्रतिशत जग्गामा पार्किङ अनिवार्य

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी १ वैशाखदेखि लागू हुने गरी भवन निर्माण संहिता लागू गर्ने भएको छ । जसमा चार आनाभन्दा बढी जग्गामा घर पुरातात्विक महत्वका संरक्षित स्मारक उपक्षेत्र बाहेकका स्थानमा घर बनाउँदा २० प्रतिशत क्षेत्रमा अनिवार्य पार्किङ बनाउनुपर्ने नियम रहेको छ ।

साथै महानगरले भवनको नक्सालाई दुई चरणमा स्वीकृत गर्ने भएको छ । सुरक्षित भवन निर्माणका लागि प्लिन्थ लेभलसम्मको निर्माण पहिलो चरणमा र यसभन्दा माथिल्लो भागको अर्को चरणमा नक्सा स्वीकृत गर्ने महानगरले निर्णय गरेको हो ।

महानगरका अनुसार भवन मापदण्ड र संहितामा भित्री सहरी क्षेत्रमा १ तला र बाहिरी वडामा २ तला बेसमेन्ट बनाउन सकिनेछ ।

‘५ हजार वर्गफिटसम्म क्षेत्रफल हुने भवनको नक्सा वडाबाटै र योभन्दा धेरै क्षेत्रफल भएका भवनको नक्सा महानगरबाट स्वीकृति लिनुपर्ने छ । १० हजार वर्गफिटभन्दा धेरै क्षेत्रफल भएका भवन मूल्यांकनबाट स्वीकृत गरिने संहितामा उल्लेख छ ।

सरकारी, अर्धसरकारी, बैंकक तथा वित्तीय संस्था, शैक्षिक संस्था, स्वास्थ्य भवन, संयुक्त भवन, व्यापारिक भवन निर्माण गर्दा अनिवार्य रुपमा आकस्मिक विपद् व्यवस्थापन योजना समेत पेस गर्नु पर्ने छ । महानगरको सहरी व्यवस्थापन विभागले वडा सचिव र वडाका इन्जिनियरका लागि अभिमुखीकरण समेत गराएको छ ।

‘सहर निर्माण गर्ने क्रममा अब खुला स्थानमा संरचना नबनाउने नीति अवलम्बन गर्नु पर्ने अवस्था छ,’ संहितामा भनिएको छ ।
महानगरपालिकाले ‘भवन निर्माण मापदण्ड २०८०’ र ‘भवन निर्माण सम्बन्धी कार्यविधि २०७५’ मा पहिलो संशोधन गर्दै यो मापदन्ड तथा संहिता जारी गरेको हो ।
काठमाडौं महानगरपालिकामा इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) बाट भवन निर्माणका लागि आवदेन दिन सकिने व्यवस्था लागु हुँदै आएको छ । यस प्रणालीबाट आवेदन दिइसकेपछि बायोमेट्रिक गर्नबाहेक अन्य कुनै पनि प्रक्रियाका लागि कार्यालय जानुपर्दैन ।

१६ भदौ ०७० देखि महानगरले कागजका साथमा अनलाइन प्रणाली सञ्चालन थालेको हो ।