close

अबदेखि नेपालीको गोजीमै हुन्छ चुच्चे नक्सा

अबदेखि नेपालीको गोजीमै हुन्छ चुच्चे नक्सा

Trulli
ADVERTISEMENT

काठमाडौं- तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ७ जेठ २०७७ मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी गरे । त्यतिबेलैदेखि 'चुच्चे नक्सा'को नामले सो नक्साले देशव्यापी चर्चा पायो । पुनः सत्ता गठबन्धन परिवर्तन भएसँगै सो नक्सालाई नेपाली नोटमा छाप्ने निर्णय गरेको छ । तर, मौन बस्दै आएको भारतले भने यसपटक नक्साका विषयमा खुलेरै असहमती जनाएको छ ।  

नोटको साईज र डिजाईन परिवर्तन गर्न नेपाल राष्ट्र बैंकले सरकारसँग पूर्वस्वीकृति लिनपुर्ने प्रावधान छ । सोही बमोजिम नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नोटमा नेपालको नयाँ चुच्चे नक्सा छाप्न सरकारसँग अनुमति मागेको थियो । हुनत नेपालका नोटमा विभिन्न जनावर, फुल लगायतका संकेत अंकित छन् । १०० रुपैयाँको नोटमा मात्रै नेपालको नक्सा रहेको छ । त्यहि नक्सा परिवर्तन गर्न सरकारले पनि नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिइसकेको छ । 

अहिले ३३ अर्ब ५० करोड रुपैयाँ बराबर १०० रुपैयाँ दरको नोट चलनचल्तीमा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।