भक्तपुर -मध्यपुर थिमि नगरपालिकाले रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याउने तयारी गर्न थालेको छ ।...
मध्यपुर थिमि नेपाल बागमती प्रदेश भक्तपुर जिल्लाको एक नगरपालिका हो । काठमाडौँ उपत्यकाको भक्तपुर जिल्लामा रहेका तत्कालिन बोडे, नगदेश, चपाचो, बालकुमारी र लोकन्थली गाउँ विकास समिति मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यो नगरपालिकाको गठन गरिएको थियो । १७ वटा वडामा विभाजित यो नगरपालिकालाई देशमा सङ्घीय शासन व्यवस्था लागू भएपछि वि.सं. २०७३ फाल्गुन २२ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र वि.सं. २०७३ फाल्गुन २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम यो नगरपालिकालाई ९ वटा वडामा सीमित गरिएको हो । यस नगरको पूर्वमा भक्तपुर र चाँगुनारायण नगरपालिका काठमाडौँ महानगरपालिकाको सिनामङ्गल, उत्तरमा कागेश्वरी मनोहरा नगरपालिका र दक्षिणमा सूर्यविनायक नगरपालिका र महालक्ष्मी नगरपालिका पर्दछन् ।
विश्व मानचित्रमा यो नगरपालिका २७ डिग्री ४०’ देखि २७ डिग्री ४२’ उत्तरी अक्षांशसम्म र ८१ डिग्री २२’३०” पूर्व देखि ८५ डिग्री २५’०” देशान्तरसम्म फैलिएर रहेको छ। कुल ११.४७ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो नगर समुद्री सतहबाट १,३२६ मिटरको उचाइमा अवस्थित छ । यस नगरपालिकाले जिल्लाको कूल भूभागको (११९ वर्ग किलोमिटर) ९.६ प्रतिशत भूभाग ओगटेको छ। यो सहर ऐतिहासिक, कला, संस्कृति र शिल्पकारिताका कारण विश्वप्रसिद्ध छ । समशितोष्ण हावापानी भएको यस नगरपालिकामा औसत तापक्रम न्यूनतम १ डिग्री सेल्सियस देखि ३५ डिग्री सेल्सियससम्म पुग्ने गर्दछ। नगरपालिका क्षेत्रमा औसत वर्षा १२३.१ मिलिमिटर सम्म हुने गर्दछ ।
यहाँका अधिकांश जनता कृषि पेशामा संलग्न छन्। यहाँ मौसम अनुसारका हरियो तरकारी र धानबालीका लहलहाउँदा बालाहरूले यहाँको सौन्दर्यमा रौनक त थपिरहेकै हुन्छ, ठाउँ ठाउँमा सुकाउन राखिएका विभिन्न आकार प्रकारका माटाका भाँडाकुँडाहरूले पनि आगन्तुकहरूलाई छुट्टै आनन्द दिइरहेको हुन्छ ।
वि.सं. २०६८ सालको जनगणना अनुसार यस नगरपालिका क्षेत्रमा ४०,३१३ महिला र ४२,७२३ पुरुष गरि कुल जनसङ्ख्या ८३,०३६ रहेको छ ।
मध्यपुर थिमि नगरपालिकामा बग्ने मुख्य नदीहरूमा मनोहरा र हनुमन्ते छन् । यी नदीहरूको बहाव वर्षा याममा मात्र बढी हुने र अन्य समयमा पानीको मात्रा ज्यादै कम हुने गर्दछ। मनोहरा नदी मणिचुडबाट निस्केर शालीनदी हुँदै काठमाडौँ जिल्ला भक्तपुर जिल्लाको सिमाना हुँदै बग्ने गर्दछ। यो मध्यपुर थिमी नगरपालिकाको उत्तर पश्चिम सिमाना भएर बग्दछ। यो नदीमा हनुमन्ते खोला मिसिएपछि बागमती नदीमा मिसिन्छ। यसले काठमाडौँ, भक्तपुर र मध्यपुर थिमि नगरपालिका क्षेत्रमा सिँचाइ सुविधा पुगाउनुका साथै जल प्रवाह गर्दछ। हनुमन्ते नदी महादेव पोखरी डाँडावाट बगेर नगरकोट डाँडा र वागेश्वरी डाँडाको मध्य भागबाट पश्चिमतर्फ बग्दै भक्तपुरको दक्षिणी भाग हुँदै मध्यपुर थिमी नगरपालिकाको दक्षिणी सिमाना भएर बग्ने गर्दछ ।नेवारहरूको वाहुल्यता रहेका यस नगरमा भने क्षेत्री, बाहुन, राई, मगर, दमाई, सार्की लगायत अन्य जातजातीको पनि यहाँ बसोबास छ । पेशागत रूपले मध्यपुर थिमीलाई श्रृजना र शिल्पीहरूको सहर भन्ने गरिएको छ ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
___________________________________________________
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५