close

ब्लड बैंक सञ्चालनमा ल्याउँदै मध्यपुर थिमि

ब्लड बैंक सञ्चालनमा ल्याउँदै मध्यपुर थिमि

Trulli
ADVERTISEMENT

भक्तपुर - मध्यपुर थिमि नगरपालिकाले रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याउने तयारी गर्न थालेको छ । नगरपालिकाले त्रिभुवन विश्व विद्यालय र लायन्सको सहकार्यमा केन्द्र सञ्चालनमा ल्याउन तयारी गर्न थालेको हो । 

नगरपालिका क्षेत्रमा रगत र रगतसँग सम्बन्धित तत्वहरु सहज रुपमा पाउने वातावरण सृजना गर्नको लागि रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याउन लागेको पालिकाले जनाएको छ । नगरपालिकाले  नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक संचालन गर्न वार्ता गरेको छ। सोका लागि नगरपालिकाका नगरप्रमुख, उपप्रमुखसहितको टोलीले केन्द्रका सञ्चालनसँग भेटघाट गरी छलफल गरेको छ । 

रगतको अभावमा स्थानीय बासिन्दाले अकालमा ज्यान गुमाउन नपरोस् भनेर नगरपालिकाले केन्द्र सञ्चालनमा ल्याउन ल्याएको पालिकाले जनाएको छ ।