नुवाकोट । तादी गाउँपालिकाले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई बाख्रा वितरण गरेको छ...
नेपालको कुनै पनि अंचलको सिमाना तथा अन्तराष्ट्रिय सिमानालाई समेत नछुने र भौगोलिक बिभाजन अनुसार पहाडि प्रदेशमा अवस्थित तादी गाउँपालिका नेपालको मानचित्रको मध्यभागमा देखिन्छ । यो गाउँपालिका काठमाण्डौको उत्तर–पश्चिम दिशामा रहेको नुवाकोट जिल्लाको लगभग बिच भागमा रहेको सुन्दर गाउँपालीका हो । यो गाउँपालिका साबिकको ५ वटा गा. बि. स ( उर्लेनि, रालुका देबि, खरानीटार, सुन्दरादेबि, नर्जामण्डप) मिलाएर बनेको हो र यसको केन्द्र, साबिकको खरानीटार गा. बि. स मा रहेको छ । यस क्षेत्रमा सदावहार कञ्चन पानी बगिरहने प्रसिद्ध नदि तादिको नाम बाट यस गाउँपालिकाको नाम “तादि” नामांकरण गरिएको हो । ६ वटा वडा रहेको यस गाउँपालिकाको पुर्वमा दुप्चेश्वर गाउँपालिका, पश्चिममा सुर्यगढि गाउँपालिका, उत्तरमा रसुवा जिल्ला र दक्षिणमा पञ्चकन्या गाउँपालिका पर्दछ । यस गाउँपालिकाको कुल क्षेत्रफल ६९.८० बर्ग कि.मि रहेको छ भने बि. सं २०६८ को जनगणना अनुसार यस गाउँपालीका को कुल जनसंख्या १७९३२ ( सत्र हजार नौ सय, बत्तिस) जना रहेको छ ।
प्राकृतिक रुपमा भौगोलिक तथा जैबिक बिबिधताले भरिपुर्ण यस गाउँपालिकाको हावापानी, बन्यजन्तु, बनस्पति, मानबिय रहनसहन तथा संस्कार सामाजिक संरचना लगायतका बिषयहरुमा बिबिधता रहेको पाईन्छ । बिबिध संस्कृति र रितिरिवाजको धनि यस गाउँपालिकामा तमाङ समुदायको बाहुल्यता रहेको छ । यस गाउँपालिका क्षेत्रमा जनताको मुख्य पेशा कृषि नै भएता पनि अन्य बिभिन्न पेशा तथा ब्यवशायमा मानीसहरु संलग्न भएको पाईन्छ । जलस्रोत, कृषि उधोग, पर्यटन, शिक्षा, स्वास्थ्य, जस्ता क्षेत्र यस गाउँपालिकाको बिकासमा संभावना का क्षेत्रहरु हुन र यी क्षेत्रहरुको बिकाश मार्फत समृद्ध तादी निर्माणमा परिकल्पना समेत गरिएको छ ।
यो पेजको स्वामित्व पालिका खबरसँग निहित रहेको छ । यो पेजका लागि सम्पर्क व्यक्ति -
नामः
ठेगाना :
फोन नं.:
ईमेलः
अन्य विवरण :
___________________________________________________
पालिका खबर मिडिया हाउस प्रा.लि.
थापागाउँ, नयाँबानेश्वर, काठमाडौं
फोन नं. : ९७७–१–५२४४७७६
मोबाईल : ९८५१०७६६१५