close

अशक्त नागरिकलाई तादीको बाख्रा

अशक्त नागरिकलाई तादीको बाख्रा

Trulli
ADVERTISEMENT

नुवाकोट । तादी गाउँपालिकाले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई बाख्रा वितरण गरेको छ । गाउँपालिकाले शारीरिक रुपमा अशक्त भएका नागरिकको जीविकोपार्जनमा सहज बनाउने उदेश्यले बाख्रा वितरण गरेको हो । 

गाउँपालिकाको अनुसार बाख्रा वितरण गर्नका लागि ग वर्गका अपांगलाई तालिम दिएको थियो । तालिम दिएसँगै पालिकाले बाख्रा वितरण गरेको गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले जानकारी दिए । 

गाउँपालिकाले ४२ जना अशक्त नागरिकलाई बाख्रा वितरण गरेको छ । बाख्रा पालनबाट स्थानीय आर्थिक तथा मासु उत्पादन गर्ने उनले बताए ।