close

देवदहको १० महिनाः ४७ प्रतिशत योजना सम्पन्न

देवदहको १० महिनाः ४७ प्रतिशत योजना सम्पन्न

Trulli
ADVERTISEMENT

रुपन्देही ।  देवदह नगरपालिकाले चालू आर्थिक वर्षमा ४७ प्रतिशत योजना सम्पन्न गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा स्वीकृत कार्यक्रममध्ये ४७ प्रतिशत योजना सम्पन्न गरेको हो । 

स्वीकृत योजनामध्ये ८१ प्रतिशत योजना निर्माणको लागि सम्झौता भइसकेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलका अनुसार आर्थिक वर्ष २०७९/०८० मा  स्वीकृत कार्यक्रममध्ये अन्य योजनाहरु निर्माणाधीन रहेका छन् । अधुरो रहेका बाँकी योजना सम्पन्नको तयारीमा रहेको उनले बताए । 


उनका अनुसार नगरपालिकाले चालू आर्थिक वर्षमा ४६२ वटा योजना स्वीकृत गरेको थियो । तीमध्ये ४३५ वटा स्थानीय तह (नगरपालिका), १६ वटा लुम्बिनी प्रदेश र ११ संघबाट सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । 

स्थानीय तहद्धारा सञ्चालित २१८ वटा योजना सम्पन्न भएको नगरपालिकाले जनाएको छ । तर संघ र प्रदेश सरकारबाट सञ्चालित कुनै पनि योजना सम्पन्न हुन सकेको छैन । 

नगरपालिकाको अनुसार स्थानीय तहका ११३, प्रदेशको २ र संघको २ गरी ११७ वटा योजना सम्झौता हुन बाँकी छन् । कूल योजनामध्ये स्थानीय तहको ३५२, प्रदेशको १४ र संघको ९ गरी ३७५ वटा योजना सम्झौता  भई निर्माण कार्य भइरहेको उनले बताए । 

बाँकी रहेका योजनाहरु निर्धारित समयमा सम्पन्न हुने उनको विश्वास छ । उनले अधिका‌ंश याेजना निर्माण कम्पनीसँग सम्झौता  भइसकेकाेले कार्यान्वयनकाे अवस्था सकरात्मक रहेकाे बताए ।