close

फेदीखोला गाउँपालिकाको स्थापना दिवस सम्पन्न

फेदीखोला गाउँपालिकाको स्थापना दिवस सम्पन्न

Trulli
ADVERTISEMENT

स्याङ्जा – अन्तरमाध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला कार्यक्रम सञ्चालन गर्दै फेदीखोला गाउँपालिकाले सातौँ स्थापना दिवस मनाएको छ । गाउँपालिकाले पालिका अध्यक्ष घनश्याम सुवेदीको अध्यक्षतामा ‘फेदीखोला गाउँपालिकाकाः स्थापनादेखि वर्तमानसम्मको यात्रा’ शिर्षकमा वक्तृत्वकला कार्यक्रम सञ्चालन गरेको हो । 

आइतबार भएको प्रतियोगितामा गाउँपालिकाका ९ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुले सहभागिता जनााएको शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले बताए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार पाएका विद्यार्थीलाई करसहित क्रमश ४ हजार, ३ हजार, २ हजार र १ हजार उपलब्ध गराएको उनले बताए । 

उनका अनुसार प्रतियोगितामा फेदीखोला गाउँपालिका २ को सिद्धार्थ मावीका कक्षा ११ का छात्र सुरज विष्ट प्रथम भएका छन् । उनले करबाहेक ३ हजार रुपैयाँ पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा वडा नं ५ को मैदान माविको कक्षा १० की छात्रा पूर्णिमा गुरुङ द्वितीय भएकी छिन् । उनले करबाहेक २ हजार २५० रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

वक्तृत्वकला प्रतियोगितामा वडा नं ३ को जनप्रीय मावीका कक्षा ९ का छात्र सक्षम शर्मा तृतीय स्थान हाँसिल गरेका छन् । उनले करबाहेक १५ सय रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै सान्त्वना पुरस्कार विजेता वडा नं १ को चण्डीडाँडा मावीको कक्षा ९ की दिक्षा क्षेत्रीले करबाहेक ७५० रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकी छन् ।  

गाउँपालिकाले प्रत्येक विद्यार्थीको अनिवार्य बचत खाता सञ्चालनमा ल्याएको र पुरस्कृत विद्यार्थीको पुरस्कार राशी विद्यार्थीको खातामा नै राखिदिएको शिक्षा शाखा प्रमुख गुरुङले पालिकाखबरलाई बताए । उनका अनुसार विद्यार्थीहरुले कक्षा १२ पछिमात्र खातामा बचत भएको रकम निकाल्न सक्छन् । अत्यावश्यक अवस्थामा भने गाउँपालिकाको सिफारिसमा तोकिएको समयभन्दा अघि नै बचत रकम निकाल्न सकिने उनले बताए। 

गाउँपालिकाको स्थापना दिवसको अवसरमा ‘फेदीखोला गाउँपालिकाकाः स्थापनादेखि वर्तमानसम्मको यात्रा’ शिर्षकमा गाउँपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधि वक्ताहरुबाट समेत छलफल भएको थियो। कार्यक्रमको स्वागत मन्तव्य गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले दिएका थिए भने प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।