close

सातौँ स्थापना दिवस मनाउँदै बराहक्षेत्र नगरपालिका

सातौँ स्थापना दिवस मनाउँदै बराहक्षेत्र नगरपालिका

Trulli
ADVERTISEMENT

सुनसरी - बराहक्षेत्र नगरपालिकाले शनिबारदेखि विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउँदै आएको छ । नगरपालिकाले आफ्नो सातौँ स्थापना दिवसको अवसरमा दिप प्रज्वलन, रक्तदान र तथा विभिन्न प्रतियोगिता गरेको छ । 

नगरपालिकाका वडा नम्बर ११ का वडाध्यक्ष कृष्णकुमार मेहताका अनुसार नगरपालिकाले शनिबार स्थापना दिवसको अवसरमा वडा कार्यालय तथा कार्यापालिका भवनमा दिप प्रज्वलन गरेको छ । साथै कक्षा ५ भन्दा माथि अध्ययनरत विद्याथीहरुबिच 'नेपालमा कुम्भ मेला सम्बन्धी' विषयक वक्तृत्वकला प्रतियोगिता गरेको उनले पालिकाखबरलाई सुनाए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कार वितरण गरेको उनको भनाइ छ ।

स्थापना दिवसको अवसरमा नगरपालिकामा कर्मचारी, जनप्रतिनिधि तथा स्थानीय बासिन्दाले रक्तदान गरेको उनले बताए । स्थापना दिवसको अवसरमा पारी नगरपालिकाले आइतबार बिहान वडा नं १ स्थित कुम्भ मेला परिसर प्राचीन हरिद्वार चतराधाममा सरसफाइ कार्यक्रम गरेको छ । 

नगरपालिकाले सोमबार १० किलोमिटर दौड प्रतियोगिता आयोजना गरेको  छ । नगरपालिकाको कार्यपालिका भवनदेखि चक्रघटीसम्म प्रतियोगिता हुने उनले जानकारी दिए । नगरपालिकाले २६, २७ र २८ गते विभिन्न कार्यक्रम मनाउने उनकाे भनाइ छ ।