close

पाथीभरका उत्कृष्ट कर्मचारी र कृषक सम्मानित

पाथीभरका उत्कृष्ट कर्मचारी र कृषक सम्मानित

Trulli
ADVERTISEMENT

ताप्लेजुङ-  पाथीभरा याङवरक गाउँपालिकाले उत्कृष्ट कर्मचारी र कृषकलाई सम्मान गरेको छ । गाउँपालिकाले आफ्नो सातौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमबाट कर्मचारी र कृषकलाई सम्मान गरेको हो । 

गाउँपालिकाको सूचना अधिकारी जीवन पौडेलका अनुसार गाउँपालिकाले वडामध्येका उत्कृष्ट कृषकलाई र उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको हो । गाउँपालिकाले  चार जना उत्कृष्ट कृषकलाई सम्मान गरेको उनले पालिकाखबरलाई बताए ।  गाउँपालिकाले तरकारी, गोलभेँडा र अदुवा खेती गर्ने वडा नम्बर ६ का श्रीकृष्ण कार्की, कफी खेती गर्ने कुमार खिम्दिङ, गोलभेँडा खेती गर्ने कर्ण भट्टराई र तरकारी खेती गर्ने किशोर खतिवडालाई सम्मान गरेको हो । 
 
गाउँपालिकाले चार जना कर्मचारीलाई सम्मान गरेको छ । उनका अनुसार सर्बाेत्कृष्ट कर्मचारीको रुपमा प्रशासन शाखाका शिवकुमार काम्वाङलाई सम्मान गरेको छ । उत्कृष्ट कर्मचारीको रुपमा आर्थिक शाखाका शम्भु श्रेष्ठ, वडा नम्बर ५ की वडा सचिव सृजना गौतम र वडा नम्बर १ की मञ्जु खतिवडालाई सम्मान गरेको छ । उनीहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरेको हो । 

गाउँपालिकाले पालिकाभित्र काम गरी सरुवा भएका तथा अवकास पाएका तीन जना कर्मचारीलाई मायाको चिनो वितरण गरेको छ । तीमध्ये दुई जना गाउँपालिकामा कार्यालय सहयोगीको रुपमा काम गरी अवकास पाइसकेका छन् । एक जना कर्मचारी काठमाडौँमा सरुवा भईसकेका छन् ।

गाउँपालिकाले कार्यसम्पादन मूल्या‌ंकन पुस्तिका पनि प्रकाशन गरेकाे छ । साे पुस्तिकामा पालिकाभित्रका कर्मचारीले दैनिक रुपमा गर्नुपर्ने कार्यशैली हुने उनले सुनाए ।