close

पोखरा महानगरद्वारा वडामा योजना तर्जुमाको तयारीबारे अन्तरक्रिया

पोखरा महानगरद्वारा वडामा योजना तर्जुमाको तयारीबारे अन्तरक्रिया

Trulli
ADVERTISEMENT

कास्की। पोखरा महानगरपालिकाले वडा वडामा योजना तर्जुमाको तयारीबारे अन्तरक्रिया गरेको छ। बुधबार महानगरको वडा नं १५ र वडा नं ३० मा छुट्टाछुट्टै योजना तर्जुमाको तयारी बारे अन्तरक्रिया गरिएको हो। 

समग्र वडाको सार्वाङिगण विकासमा केन्द्रित छलफलमा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायत वडामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, आमा समूह, टोल विकास संस्था, युवा क्लब लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो । 

सो क्रममा वडामा चालू योजनाहरू, योजना कार्यान्वयनको अवस्था, वडालाई समृद्ध बनाउन आगामी बजेटमा समावेश गर्नुपर्ने योजनाहरू, विकास निर्माणमा आफ्ना अनुभव तथा दृष्टिकोणहरू, समग्र पोखराको विकास लगायत महत्वपूर्ण सवालहरूमा छलफल तथा अन्तरक्रिया भएको महानगरले जनाएको छ।  

पोखरा महानगरपालिकाको पर्यटन विकास, स्वास्थ्य तथा शैक्षिक सुधार र जनमैत्री सेवा प्रवाह लगायतका विषयमा पनि गहन छलफल भएको छ। छलफलमा सुशासन प्रवर्द्धन गर्दै नागरिक सेवालाई सरल र सहज बनाउने कार्यमा आफ्ना योजनाहरू केन्द्रित गर्न प्रमुख आचार्यले सुझाव दिए।