close

स्थानीय तह स्वमुल्याङकनमा सियारी मुलुकभरकै उत्कृष्ट स्थानीय तह

स्थानीय तह स्वमुल्याङकनमा सियारी मुलुकभरकै उत्कृष्ट स्थानीय तह

Trulli
ADVERTISEMENT

रुपन्देही- सियारी गाउँपालिका स्थानीय तह स्वमुल्याङकन (लिजा) मा मूलुकभरको स्थानीय तहमध्ये उत्कृष्ट स्थानीय तह भएको छ । गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेका अनुसार  स्थानीय तह स्वमूल्यांकन लिजामा ८८ दशमलव ५ प्रतिशत ल्याएर मूलुकभरकै उत्कृष्ट तह भएको हो । 

गाउँपालिकाका अध्यक्ष घिमिरेले  सियारी गाउँपालिकाको सम्पुर्ण राजश्व संकलनको कार्य सुत्रमार्फत हुने गरेको र सोबाट राजश्व चुहावटबाट हुन सक्ने बित्तीय जोखिम पनि कम भएको बताए । सोही कार्यबाट आफ्नो पालिका उत्कृष्ट स्थानीय तह हुन सकेको उनले सुनाए । 

गाउँपालिकाको १४ औँ गाउँसभामा पालिका अध्यक्ष घिमिरेले चालु आर्थिक बर्षको अर्धवार्षिक समीक्षा पेश गर्दै सो बताएका हुन् । साथै उनले सियारी गाउँपालिकाले बित्तीय जोखिम मुल्याङन (एफआरए)मा रुपन्देहीमा उत्कृष्ट कार्य गरेको बताए । पालिकाले एफआरएमा ७५ दशमलम ५ प्रतिशत अंक ल्याएको उनको भनाइ छ ।

सियारी गाँउपालिकाले चालु आर्थिक बर्षमा सम्झौता भएका ३९ वटा योजनामध्ये प्रथम चौमासिकसम्म ३० वटा योजना सम्पन्न भईसकेको छ । बाँकी रहेका योजनाको काम सम्पन्न गर्न गाउँपालिकाले सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्दै आएको जनाइएको छ । 

गाउँपालिकाले कृषि, पर्यटन र सिचाईका क्षेत्रमा उल्लेख्य मात्रामा काम छ । साथै कृषि क्षेत्रको बिकासका लागि आबश्यक बजेटको प्रबन्ध मिलाएर अगाडि बढ्ने जनाएको छ । 

गाउँपालिकाकी उपाध्यक्ष तारा थारुले सियारी गाउँपालिकाले न्यायिक क्षेत्रमा गरेका कामको बिषयमा सभामा प्रस्तुत गरेकी थिईन । उपाध्यक्ष थारुले सियारीले लामो समयदेखि अल्झिएका विवादलाई पनि न्यायिक समितिबाट निरुपण गरिएको उनले जानकारी दिइन् । 

 गाउँसभाको अर्को बैठक सुचना प्रकासित भएपछि बस्ने गरी स्थगित भएको छ ।