close

खप्तड छेडेदहको प्रमुख प्रशासकीय अधिकृत फेरिए

खप्तड छेडेदहको प्रमुख प्रशासकीय अधिकृत फेरिए

Trulli
ADVERTISEMENT

बाजुरा– खप्तड छेडदह गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत फेरिएका छन । खप्तड छेडदह गाउँपालिकामा कार्यरत कृष्ण राज जोशीको स्थानमा नन्दकृष्ण उपाध्याय आउने भएका छन । 

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०८० माघ ९ गतेको निणर्य अनुसार उपाध्यायलाई खप्तड छेडेदह गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको छ ।

कर्णाली प्रदेश अन्तर्गत मुगुको खत्याड गाउँपालिकामा कार्यरत उपाध्यायलाई खप्तड छेडेदह गाउँपालिकामा सरुवा गरेको मन्त्रालयले जनाएको छ ।