close

क्षमता विकासको लागि ड्राइभिङ तालिम, पर्यटन प्रवर्द्धनका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम (भिडियाेसहित)

क्षमता विकासको लागि ड्राइभिङ तालिम, पर्यटन प्रवर्द्धनका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

बुटवलमा सेवाप्रवाह र विकास योजनाबारे विज्ञसँग  छलफल

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न विज्ञ तथा सरोकारवालासँग छलफल थालेको छ । उपमहानगरले क्षेत्रगत सुझाव सङ्कलन तथा समन्वयका लागि बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग सोमबारदेखि छलफल सुरु गरेको हो । 

नगरप्रमुख खेलराज पाण्डेयका अनुसार सेवा प्रवाह र विकास योजनाबारे सोमबार कानुन व्यवसायी, इञ्जिनीयर र चिकित्सकसँग छलफल गरिएको हो । उनीहरुले बुटवलवासीको आवश्यकताअनुसार प्राथमिकता निर्धारण गरेर योजना निर्माण गर्न सुझाव दिएको उनले बताए।

गुराँसमा करार सेवामा कर्मचारी माग

दैलेखको गुराँस गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै सूचना प्रविधि अधिकारी, फिल्ड सहायक र उद्यम विकास सहजकर्ता पदमा ३ जना कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

त्रिवेणीमा नयाँ बाख्रा पकेट विकास कार्यक्रम

रोल्पाको त्रिवेणी गाउँपालिकाले नयाँ बाख्रा पकेट विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सो कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको छ। 

कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति, कृषि समूह, सहकारी संस्थाले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । सो कार्यक्रममार्फत १००० बाख्रा पालन गर्ने पालिकाले जनाएको छ।

योजना सम्झौता र भुक्तानी गर्न म्यागङको अनुरोध

नुवाकोटको म्यागङ गाउँपालिकाले पालिका अन्तर्गतको योजनाको समयावधिभित्र सम्झौता र भुक्तानी गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७९/०८० को कार्यर्गत योजना तथा कार्यक्रम चैत्र मसान्तभित्र सम्झौता र जेठ मसान्तसम्म भुक्तानी लिइसक्न अनुरोध गरिएको हो ।

तर केही योजनाहरु सो समयावधिभित्र सम्झौता नगरिएकोले तोकिएको मितिभित्र सम्झौता गर्न अनुरोध गरिएको हो । 

क्षमता विकासको लागि ड्राइभिङ तालिम 

मोरङको उर्लाबारी नगरपालिकाले तालिम ड्राइभिङ तालिम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सुचना जारी गर्दै चालू आर्थिक वर्षको क्षमता विकास कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गर्न लागेको जनाएको छ।

स्थायी रुपमा पालिका क्षेत्रमा बसोबास गर्ने १८ वर्ष पुरा भई ४० वर्ष ननाघेका व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्नेछन । तालिम ३५ दिन सञ्चालन हुने र ३० जना स्थानीयले सहभागीता जनाउन सक्ने  सो सूचनामा उल्लेख गरिएको छ । 

स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन बालेन बेलायत प्रस्थान

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहस्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन बेलायत प्रस्थान गरेका छन् । उनी चैत ५ गते नेपाल फर्कने बताइएको छ। यस अवधिका लागि उपप्रमुख सुनिता डंगोललाई काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन् ।

आजदेखि चैत २ गतेसम्म हेल्दी सिटीज समिट इन लण्डन शिखर सम्मेलन हुँदैछ । सम्मेलनमा भाग लिन मेयरसँगै, साझेदार सहरबाट प्राविधिक सत्रमा सामेल हुन निमन्त्रणा गरिएको थियो ।

ब्लुमबर्ग फिलान्थ्रोपिज र विश्व स्वास्थ्य संगठन आयोजक रहेको सम्मेलनको सह आयोजनामा लण्डनको मेयर छन् । शिखर सम्मेलनले मेयर र सहरका प्राविधिक कर्मचारीहरूलाई नसर्ने खालका रोग र चोट पटकका कारण मानव स्वास्थ्यमा सिर्जना भएको विश्वव्यापी बोझसँग कसरी लड्ने भन्ने विषयमा छलफल हुनेछ । सम्मेलनबाट आएका निचोडले स्वस्थ्य सहर निर्माण गर्न अग्रणी रणनीति प्रदान गर्नेछ।

पर्यटन प्रवर्द्धनका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम

तनहुँको बन्दीपुर गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्नका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम सुरु भएको छ । उक्त कार्यक्रमअन्तर्गत बन्दीपुरका सबै सडकमा बत्ती जडान गरी उज्यालो बनाउन लागिएको छ । 

ठाउँ ठाउँमा पोल गाडेर बत्ती जडान गर्नुका साथै आकर्षक ढुङ्गा बिछ्याउन थालिएको छ । बिजुलीको तार जमिनमुनि गाड्ने व्यवस्था गरी ढुङ्गा छापेर आकर्षक बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए। बन्दीपुरको बजार क्षेत्रमा रोटरी क्लबले यसअघि सडकमा सत्र बत्ती जडान गरेको थियो ।