close

छथर जोरपाटीको सातौँ स्थापना दिवस सम्पन्न

छथर जोरपाटीको सातौँ स्थापना दिवस सम्पन्न

Trulli
ADVERTISEMENT

धनकुटा - छथर जोरपाटी गाउँपालिकाले आइतबार सातौँ स्थापना दिवस मनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङको प्रमुख आतिथ्यतामा गाउँपालिकाले झाँकी प्रदर्शनी तथा पुरस्कार वितरण गरी स्थापना दिवस मनाएको हो । 

गाउँपालिकाको प्रवक्ता टेकबहादुर तामाङका अनुसार  स्थापना दिवसको अवसरमा गाउँपालिकाभित्रका ११ वटा समुदायले झाँकी प्रदर्शनी गरेको छ । आयोजित कार्यक्रममा पालिकाभित्रका राई, लिम्बु, तामाङ, गुरुङ, शेपा, सुनुवार, भुजेल, मगर र नेवार समुदाय तथा नौमती बाजा र भजन र्कितन गरी ११ वटा समूहले झाँकी प्रदर्शनी गरेका हुन्। 

झाँकी प्रदर्शनी गर्ने समूहलाई गाउँपालिकाले व्यवस्थापन स्वरुप १० हजार रुपैयाँको दरले नगद वितरण गरेको उनले सुनाए । यसै गरी स्थापना दिवसको अवसरमा आयोजित 'अध्यक्ष भलिबल' प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरेको छ । वडा नम्बर ६ को टोलीलाई हराएर वडा नम्बर १ विजयी भएको थियो । 

कार्यक्रममा पालिकास्तरका विभिन्न राजनीतिक दल, स्थानीय बासिन्दा तथा विभिन्न प्रतिनिधीको सहभागिता रहेको उनले सुनाए ।