close

विपन्न महिलालाई ढाका बुन्ने मेसिन

विपन्न महिलालाई ढाका बुन्ने मेसिन

Trulli
ADVERTISEMENT

गोरखा । भीमसेन थापा गाउँपालिकाले अति विपन्न महिलालाई स्वरोजगार बनाउन तालिमसँगै ढाका बुन्ने मेसिन प्रदान गरेको छ । सोह्रौँ गणतन्त्र दिवसको अवसरमा गाउँपालिकाले भीमसेन थापा लोककल्याणकारी कोषबाट सो मेसिन प्रदान गरेको हो । 

अति विपन्न रुपा सुनारलाई स्वरोजगार बनाउन ढाका बुन्ने मेसिन प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिए । सुनारलाई गाउँपालिकाले ढाका बुन्ने तालिम समेत निःशुल्क दिएको थियो । तालिम प्रदान गरी दक्ष बनाएर मेसिन उपलब्ध गराएको उनले बताए । 

गाउँपालिकाले चालु आर्थिक वर्षदेखि नै पालिकामा लोककल्याणकारी कोष स्थापना गरेको छ । सोही कोषबाट  सुनारलाई आर्थिक आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले ढाका बुन्ने मेसिन उपलब्ध गराएको हो ।  लामो समयदेखि आर्थिक अवस्थाका कमजोर भएका कारण दैनिक रुपमा गुजारा चलाउन समस्या भएपछि सुनारलाई गाउँपालिकाले तालिम दिएर आयआर्जन गर्न सक्ने बनाएको थियो । 

गाउँपालिकाले चालु आर्थिक वर्षदेखि स्थानीय सरकारको प्रत्याभूति गराउने गरी विशेष बहुप्रकोपिय बीमा कार्यक्रममा आवद्ध गराउन तथा अशक्त, असाहाय तथा विपन्नको हकमा विशेष अभियान सञ्चालन गर्न कोषको स्थापना गरेको थियो । कोषमा पहिलो गाउँपालिका अध्यक्षले आफ्नो पहिलो महिनाको सेवा सुविधाबाट आएको रकम उपलब्ध गराएर कोषको औपचारिक स्थापना गरेको हो ।