close

नौगाडद्वारा २ जना प्रशिक्षक माग

नौगाडद्वारा २ जना प्रशिक्षक माग

Trulli
ADVERTISEMENT

दार्चुला– नौगाड गाउँपालिकाले दुई जना सिप प्रशिक्षक माग गरेको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै सिस्नोको पाउडर र अचार उत्पादन गर्नका लागि दुई जना सिप प्रशिक्षक माग गरेको हाे । 

गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सीप विकास तालिम सञ्चालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत पुष्करसिंह धामीले जानकारी दिए । सिस्नो पाउडर उत्पादन गर्ने एक जना र अचार उत्पादन गर्ने एक जना गरी दुई जना प्रशिक्षक माग गरेको धामीले पालिकाखबरलाई जानकारी दिए ।

गाउँपालिकाले वडा नं. ४ सिप्टीमा १ जना सिस्नो पाउडर उत्पादन र वडा नं. ५ शिरबगडमा अचार उत्पादन गर्ने प्रशिक्षक माग गरिएको सूचनामा उल्लेख छ । सम्बन्धित विषयमा सिटिभिटीबाट तालिम लिई प्रमाण पत्र प्राप्त गरेका इच्छुक प्रशिक्षकले ७ दिनभित्रमा आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ ।