close

निः शुल्क ३ महिने होजियारी तालिम सञ्चालन गर्दै थबाङ

निः शुल्क ३ महिने होजियारी तालिम सञ्चालन गर्दै थबाङ

Trulli
ADVERTISEMENT

रोल्पा– थबाङ गाउँपालिकाले निः शुल्क प्राविधिक सीप विकास तालिम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले वडा नंम्बर १ का स्थानीय बासिन्दालाई ३ महिने होजियारी तालिम उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत निः शुल्क तालिम सञ्चालन गर्न लागेको लघु उद्यम सहजकर्ता भगवती पुन मगरले जानकारी दिइन् । गाउँपालिकाको वडा नम्बर १ का स्थानीय बासिन्दालाई निः शुल्क ३ महिने होजियारी तालिम उपलब्ध गराउने सहजकर्ता मगरले पालिकाखबरलाई जानकारी दिइन ।

गाउँपालिकाले ३ महिने निः शुल्क तालिमको लागि ७ दिनको सूचना प्रकाशन गरेको थियो । ‘फागुन १६ देखि २३ गतेसम्ममा २१ जनाको आवेदन परेको थियो, शनिबार बिदा भएकोले एक दिन थप गरेकोले आवेदन कति परे,’ उनले सुनाइन् ।

गाउँपालिकाले निः शुल्क तालिम लिने प्रशिक्षार्थीलाई आवेदनका आधारमा छनौट गरिने बताइन् । तालिममा १६ जना प्रशिक्षार्थीलाई सहभागी गराइने उनले सुनाइन् । द्धन्द्धपिडित, सहित परिवार, एकल महिला तथा आर्थिक अवस्था कमजोर भएकालाई प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ ।