close

पाल्पाको दुई निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ नेतृत्व

पाल्पाको दुई निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ नेतृत्व

Trulli
ADVERTISEMENT

पाल्पा : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पाल्पामा दुई निर्वाचन क्षेत्रको अधिवेशन सकिएको छ । क्षेत्र नं १ को सभापतिमा झमनबहादुर राज मगर ४४९ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी विष्णुबहादुर बोमरेलले १३० मत प्राप्त गरे । क्षेत्रीय कार्यसमितिका लागि सभापति र खुला सदस्यका लागि मतदान भएको थियो । अन्य पदाधिकारी भने निर्विरोध चयन भएबका छन् । सचिवमा कपिलबहादुर खाँण र मधु पराजुली निर्विरोध चयन भए  । 


 
त्यस्तै सहसचिवमा जङ्गबहादुर दर्लामी र दीपक अर्याल, खुला महिला सदस्यमा पार्वती न्यौपाने, खसआर्यतर्फ तिलकबहादुर मल्ल, आदिवासी जनजाति खुला सदस्यमा केशवकुमार ढेङ्गा र बमबहादुर सिंजाली, आदिवासी जनजाति महिला सदस्यमा नरदेवी थापा र रुमाकला राना, दलित खुला सदस्यमा क्षेत्रबहादुर नेपाली निर्विरोध र मुस्लिम सदस्यमा जुनु सेख निर्विरोध चयन भएका छन् ।

 

खुलातर्फको तीन सदस्यका लागि भएको मतदानमा महादेव खड्का ३५२, दलबहादुर थापा ३४२ र मधुसुदन पोखरेल ३१५ मतसहित निर्वाचित भएका हुन् । त्यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुलातर्फ ज्ञानबहादुर गाहा ४८९, रमणबहादुर थापा ४४४, देवराज ढकाल ४२६, सन्तोषकुमार थापा ४२९, कृष्णप्रसाद अधिकारी ३७६, दानबहादुर पछाईँ ३६३, कल्प पौडेल ३२५, शालिकराम पाण्डे ३१३, लक्ष्मण भट्टराई ३०९, खगेश्वर पाठक ३०३ मतसहित निर्वाचित भएका छन् । 

 

यस्तै महाधिवेशन प्रतिनिधिका प्रतिस्पर्धी डिल्लीराज रेग्मीले २११, नवीन थापाले १४२, राम शाहले २२१, रामचन्द्र नेपालले १५४, लक्ष्मण बस्यालले ३००, विजयराज घिमिरेले २१३ र शङ्कर खनालले २८८ मत प्राप्त गरेका छन् । खुला महिलातर्फ पवित्रा पौडेल ढकाल ४४८, विष्णुमाया ढकाल ४४०, गङ्गा पङ्गेनी ३४६ र दुर्गादेवी भण्डारी ३१३ मतसहित निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी विष्णुदेवी आचार्यले २८२, तारा रसाइलीले २५३ मत प्राप्त गरे ।   


  
खसआर्य खुलामा खिमबहादुर क्षेत्री ९पुरुषोत्तम० ३३४ मत सहित निर्वाचित भएका छन् । कूल ६१८ मत खसेकामा आदिवासी जनजाति खुलामा सन्दीप राना ५१०, पूर्णकुमार सोती ४२१, विष्णुकुमार थापा ३९९, दिलबहादुर ढेङ्गा ३८७ मतसहित चयन भएका छन् । 

 

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा दलित खुलातर्फ तीन प्रतिस्पर्धीमध्ये अर्जुन विक २५६ मतसहित निर्वाचित भएका छन् । प्रतिस्पर्धी अर्जुन विश्वकर्मा (सुनार) ले १८९, एकबहादुर सार्कीले ७९ र भीमबहादुर सुनारले २२ मत प्राप्त गरेका छन् । आदिवासी जनजाति महिलामा नरिसरा गाहा, मुना थापा र सीमादेवी थापा, खसआर्य महिलामा विजयकुमारी भट्टराई, मुस्लिम समुदायबाट हजुलदिन मियाँ महाधिवेशनमा निर्विरोध चयन भएका छन् ।

 

त्यसैगरी क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा मुक्तिराम जिसी ४६० मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी यादवसिंह कार्कीले २१४ मत प्राप्त गरेका छन्  । यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधि खुलातर्फ वीरबहादुर राना ५४४, हिमालदत्त श्रेष्ठ ५२३, कृष्णप्रसाद बस्याल ४९०, झपेन्द्र गहिरे ४८७, मेजरसिंह केसी ४७३, लालकुमारी राना ४३८, शङ्कर रायमाझी ४३०, विधानप्रसाद श्रेष्ठ ४२४, यमलाल तिमिल्सिनाले ४२१ मत प्राप्त गरे ।

 

रामेश्वर पन्थी ३४४, राम कार्की ५१४, सुनिता अधिकारी ४९८, शान्ता बोहोरा ४८६, धनकला गाहा ४५३, केन्द्रीय महाधिवेशन प्रतिनिधि (आदिवासी जनजाती खुलातर्फ) राजेन्द्रगोपाल सिंह ५०६, कृष्णबहादुर राना ४९०, नलबहादुर रानामगर ४८५, केन्द्रीय महाधिवेशन प्रतिनिधि दलिततर्फ लक्ष्मण हिताङ ४३७ मतसहित विजयी भएका छन् । जिल्ला अधिवेशन यही मङ्सिर १० गते तय भएको छ ।