close

रूपन्देही क्षेत्र २ को क्षेत्रीय सभापतिमा लम्साल निर्वाचित

रूपन्देही क्षेत्र २ को क्षेत्रीय सभापतिमा लम्साल निर्वाचित

Trulli
ADVERTISEMENT

रूपन्देही– नेपाली कांग्रेसको १४औँ महाधिवेशअन्तर्गत रूपन्देही क्षेत्र २ को क्षेत्रीय सभापतिमा हरि लम्साल निर्वाचित भएका छन् । लम्साल वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका हुन् । मंगलबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट १६० मतान्तरले संस्थापन इतर समूहका लम्साल विजयी भएका हुन् । लम्सालले ४०२ मत प्राप्त गर्दा प्रतिस्पर्धी काजीमान श्रेष्ठले २४२ मत पाएको प्रमुख मतदान अधिकृत टीकाराम शर्माले बताए ।


त्यसैगरी सचिवमा श्रेष्ठ समूहका प्रजापाल गिरी र लम्साल समूहबाट विमलराज भट्टराई निर्वाचित भए । गिरीले ४२९ मत र भट्टराईले ३६८ मत प्राप्त गरेका थिए । सहसचिवमा लम्साल समूहका मिलन थापाले ३५१ र राजबहादुर क्षेत्री ३४० मतसहित विजयी भए । महाधिवेशन प्रतिनिधिमा पनि मिश्रित परिणाम आएको कांग्रेस रूपन्देहीले जनाएको छ ।