close

कांग्रेस नगरसभापतिमा झा निर्वाचित

कांग्रेस नगरसभापतिमा झा निर्वाचित

Trulli
ADVERTISEMENT

सप्तरी–नेपाली कांग्रेस राजविराज नगरपालिकाको नगर सभापतिमा आनन्द झा निर्वाचित भएका छन् । झाले ५ मतको अन्तरले प्रतिस्पर्धी धु्रवप्रसाद देवलाई पराजित गरेका हुन् । झाले ११२ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी देवले १०७ मत प्राप्त गरे ।


मतदान सकिएलगत्तै दुई दिनसम्म चलेको मतगणनापछि चुनावी नतिजा सार्वजनिक गरिएको हो । सभापति पदका उम्मेदवार देव १५ मत बदर भएका कारण पराजित हुन पुगेका छन् । देव पक्षमा गरिएको मत संकेत कोठा बाहिर र नाममै रेजा लगाइएका कारण १५ मत बदर भएको निर्वाचन समितिका सदस्य शैलेन्द्र मण्डलले जानकारी दिए ।


सभापतिमा देव पराजित भए पनि अन्य बाँकी अधिकांश पदमा भने उनकै प्यानलका उम्मेदवार विजयी भएका छन् । ८७ सदस्य कार्यसमितिमा केही निर्विरोध पदसहित झा समूहका २४ र देव समूहका ६३ जना निर्वाचित भएको सप्तरी कांग्रेसका प्रवक्ता प्रभातकुमार ललनले बताए ।


उपाध्यक्षका दुवै पद देव समूहका अनिलकुमार यादव र प्रमोदकुमार दासले जितेका छन् । दुई सचिव पदमा भने देव पक्षका उम्मेदवार विश्वनाथ दास र झा पक्षका सुनील परियार निर्वाचित भए ।


यस्तै, वडा सदस्यमा देव पक्षका अञ्जनाकुमारी माझी, विनोदकुमार माझी र रामनारायण मण्डल सर्वधिक मत ल्याई निर्वाचित भएका छन् । सदस्य पदमा देव समूहकै मालतीदेवी यादव, हरिनारायण दास, सीमाकुमारी रजक, लक्ष्मण साह, कृष्णादेवी चौधरी, गणेश साह, मन्टु देव, ललितनारायण मेहता, सच्चिन्दकुमार यादव, श्यामकुमारी यादव, सुकनीदेवी यादव, शिवनारायण यादव विजयी भएका छन् ।


यस्तै, सुमित्रादेवी यादव, प्रयाग यादव, रामचन्द्र यादव, सियादेवी यादव, राजकुमार यादव, लक्षमण यादव, प्रतिमा देवी यादव, शिवनन्दन यादव, बालकृष्ण मण्डल, निलमकुमारी यादव, मालादेवी साह, जीवछ मण्डल, जगरुप यादव, पञ्चदेव मण्डल, श्यामनारायण मण्डल, सुकदेव मुखिया, मदन खंग, तिलकराम मोची र नारायणप्रसाद साह निर्वाचित भए ।


झा समूहबाट सदस्य पदमा बैजनाथ साह, चन्द्रकलादेवी दास, विजय गुप्ता, सचिदानन्द दास, सञ्जीतादेवी चौधरी, लक्षमण दास, जगदीशप्रसाद यादव, रामकुमार यादव, बच्चायी यादवलगायत निर्वाचित भए ।