close

पार्टीभित्र गठबन्धनको विरोध गर्नेहरूलाई कारबाही गर्ने देउवाको चेतावनी

पार्टीभित्र गठबन्धनको विरोध गर्नेहरूलाई कारबाही गर्ने देउवाको चेतावनी

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीमा गठबन्धनविरुद्ध हुने आलोचना सह्य नहुने बताएका छन् । 
 

शनिबार जनकपुरमा भएको स्थानीय तहको चुनावी सभालाई संबोधनका क्रममा उनले यस्तो बताएका हुन् । 

 

“लोकतन्त्र संस्थागत गर्नका लागि गरिएको गठबन्धनविरुद्ध बोल्ने वा पार्टी बाहिर गएर उमेदवारी दिनु सह्य हुने छैन,” उनले भने, “समयअनुसार कारबाही हुन्छ । कतिलाई केन्द्रीय कमिटीले कारबाही गरिसक्यो ।”

 

२०७७ साल पुष ५ र २०७८ जेठ ८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले क्रमशः दुई पटक संसद् विघटन गरेपछि सर्वोच्चमा गठबन्धनले मुद्दा दायर गरेको थियो । 

 

सोही मुद्दाका आधारमा सर्वोच्चले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दियो । जसपछि गठबन्धन झन मजमुत हुँदै आएको छ । 

 

२०७४ सालको चुनावी नतिजाले नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्ने म्यान्डेट दिए पनि अदालतको आदेशसँगै नेपाली कांग्रेस सानदार रुपमा सरकारमा पुगेको छ । 

 

जसको श्रेय प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पटक–पटक माओवादी र एकीकृत समाजवादीका अध्यक्षलाई दिँदै आएका छन् । 

 

उनीहरुको प्रसंशा गर्ने क्रममा २२ गते भरतपुरमा भएको गठबन्धनको स्थानीय तहको संयुक्त सभालाई सम्बोधन गर्ने क्रममा उनले गठबन्धनकै कारण  आफू कांग्रेसको १४ महाधिवेशनबाट ८२ प्रतिशत मतका साथ  विजय भएकोसमेत भन्न भ्याए ।