close

आज प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिँदै

आज प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिँदै

Trulli
ADVERTISEMENT

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै छन् ।

नेपाल र अमेरिकाबीच स्टेट पार्टनरशिप प्रोग्राममा (एसपीपी) लाई लिएर स्पष्ट पार्न सांसदहरुले माग गरेपछि प्रधानमन्त्रीले आज जवाफ दिनुहुने भएको हो । 

प्रमुख प्रतिपक्षी एमालेले पनि एसपीपीलाई लिएर चर्को विरोध गर्दै आएको छ । प्रतिनिधि सभामा हिजो मात्र कांग्रेस महामन्त्री गगनकुमार थापाले एसपीपीको विषयलाई गम्भीरतापूर्वक प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै बजेटमा करको आरोप लागेपछि अप्ठेरोमा परेका अर्थमन्त्री जनार्दन शर्माले पनि आफ्नो जवाफ प्रतिनिधि सभामा राख्दै छन् । आज उनले अर्थ मन्त्रालय र बजेटलाई लिएर आफ्नो धारणा राख्ने कार्यक्रम छ । 

साथै राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिँदै छन् ।