close

पाँच दलीय गठबन्धनको बैठक बस्दै

पाँच दलीय गठबन्धनको बैठक बस्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले आज दिउँसो ३ बजेका लागि सो बैठक बोलाएका हुन् । 

बैठकमा स्थानीय निर्वाचनको समीक्षा, संसदीय निर्वाचन, मन्त्रिपरिषद् पुनर्गठनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत नेतालाई बोलाइएको छ ।