close

नेकपा एमालेको सचिवालय बैठक आज

नेकपा एमालेको सचिवालय बैठक आज

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । 

आज बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बैठक बोलाइएको छ । शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका एजेण्डा तय गरिसकेको छ । बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ । 

केन्द्रीय कार्यालय सञ्चालन, सचिवालय बैठकका एजेण्डा तयार गर्ने लगायत कामका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा तीन उपमहासचिव, सात सचिव र कार्यालय सचिव गरी १२ जनाको केन्द्रीय कार्यालय रहेको छ ।