close

गठबन्धन जोगाउन प्रचण्ड र आरजु राणा दिल्लीमा : एमाले महासचिव

गठबन्धन जोगाउन प्रचण्ड र आरजु राणा दिल्लीमा : एमाले महासचिव

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गठबन्धन जोगाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु राणा देउवा गठबन्धन जोगाउन भारत दौडहामा लागेकाे बताएका छन् । 

पोखरामा प्रेस चौतारी गण्डकीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।

गठबन्धन कायम राख्ने–नराख्ने विषयमा बाहिर छलफल गर्न थालेपछि योभन्दा लाचार के हुन्छ भन्दै महासचिव पोखरेलले प्रश्नसमेत गरेका छन्। 

गठबन्धनका दुई प्रमुख घटकका नेताहरू अहिले दिल्ली दौडाहामा रहेको भन्दै उनले गठबन्धनले नेपाली राजनीतिलाई नेपाली नागरिकको बीचमा राख्ने मान्यतालाई खण्डित गरेको आरोप लगाए ।

‘अब त गठबन्धन कायम राख्ने कि नराख्ने भन्ने विषय पनि बाहिर बसेर छलफल हुने स्थिति आएको छ भने राष्ट्रिय हित र स्वाधीनताको प्रश्नमा योभन्दा अर्को लाचारी के हुन सक्छ ? यतिवेला गठबन्धनका दुई प्रमुख घटकका नेताहरू दिल्ली दौडाहामा हुनुहुन्छ । नेपाली राजनीतिलाई नेपाली जनताको बीचमा राख्ने मान्यतालाई खण्डित गर्नुभएको छ,’ उनले भने।