close

सिसडोल र बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयलाई गगनले गरे यस्तो अपिल

सिसडोल र बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयलाई गगनले गरे यस्तो अपिल

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सिसडोल र बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध नगरिदिन अपिल गरेका छन् ।

बुधबार एक अपिल सार्वजनिक गर्दै थापाले  सो क्षेत्रका स्थानीयलाई यस्तो अपिल गरेका हुन् । 

‘सिस डोल र बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौँको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपिल गर्न चाहन्छु ।’ थापाले अपिलमा भनेका छन्,‘कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सबै बसौँ, संवाद र समीक्षा गरौँ, समाधान निकालौँ ।’

स्थानीयसँग भएको सम्झौता कार्यान्वयनमा महानगर र मेयर लागिरहेको साथ दिनका लागि उनले आग्रह गरेका छन् । ‘महानगर प्रमुख लागिरहनुभएको छ, सिङ्गो टिम लागेको छ। सबैले साथ दिऊँ, केही समय लाग्ला तर यो पटक पहिलाको गल्ती दोहोरिन्न भनेर मेयर लागिपर्नु भएको छ ।’ थापा भन्छन्,‘ यसपटक कामनपाले आफ्नो प्रतिबद्धता पूरा गर्नेछ । विश्वास गरौँ ।’