close

सिट बाँडफाँडका लागि आज बसेको गठबन्धनको बैठक निष्कर्षविहीन

सिट बाँडफाँडका लागि आज बसेको गठबन्धनको बैठक निष्कर्षविहीन

Trulli
फाइल तस्विर
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन सिट बाँडफाँडका लागि बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्ष बिना टुंगिएको छ।

यसअघि पटक-पटक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सो गठबन्धनको बैठक आज पनि विननिष्कर्ष टुंगिएको हो । 

बैठक भोलि फेरि बस्ने भएको छ।

बैठकमा कार्यदलले बुझाइको प्रतिवेदनमाथि छलफल भएको र सिट बाँडफाँटमा नमिलेका विषयमाथि सहमति खोज्ने प्रयास भइरहेको  नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए।

कार्यदलले केही कुरा मिलाएको र धेरै विषय मिलाउन बाँकी रहेको उनको भनाइ छ । खनालले सोमबार बैठक बसेर अधिकांश विषय टुङ्गो लगााउने जानकारी दिए।