close

के भन्छन् स्वतन्त्र महिला उम्मेदवार ?

के भन्छन् स्वतन्त्र महिला उम्मेदवार ?

Trulli
ADVERTISEMENT

काठमाडौ‌ं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मुलुकभर राजनीतिक क्रमशः प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि दुई हजार पाँच सय ३२ जना र तीन हजार चार सय ३६ मैदानमा उत्रिएका छन् । जसबाट प्रतिनिधिसभाका लागि २७५ जना र प्रदेशसभामा ५५० चयन हुनेछन् ।

तर,  संविधानबमोजिम ३३ प्रतिशत महिला प्रतिनिधित्व हुन सकेको छैन । निर्वाचन आयोगको तथ्यांकअनुसार प्रतिनिधिसभाका लागि २ सय ३३ अर्थात् ९ दशमलव ३३ प्रतिशत र प्रदेशसभाका लागि २८६ अर्थात् ८ दशमलव ६ प्रतिशतको मात्रै उम्मेदवारी दर्ता भएको छ । 

राजनीतिक दलले कन्जुस्याइँ गरेकै कारण विगत सात दशकदेखि नेतृत्व सम्हाल्दै आएका राजनीतिक दल र नेतालाई चुनौती दिँदै ३० वर्ष उमेर नटेकेका महिलाले उम्मेदवारी दर्ता गराएका छन् । 

पुराना दल र नेताबाट जनता आजित भएकाले त्यसको विकल्पको रुपमा आफूले उम्मेदवारी दिएको बताउँछिन् नुवाकोट निर्वाचन क्षेत्र नम्बर–१ की २८ वर्षे सफलता बोगटी । ‘नुवाकोटको जनताले परिवर्तन खोजेको छ । जुन ठूला राजनीतिक सम्भव छैन,’ उनले भनिन् । 
यसअघिका कार्यकालका कारण जनता ठूला दलका नेतालाई मत नदिने पक्षमा रहेको उनको भनाइ छ । आफू स्थानीयसँगै जनताको समस्या समाधानको सारथि बन्दै आएकाले जनताले मत दिने उनको विश्वास छ । 

‘सञ्चारमाध्यममा प्रकाशित लेख र कार्यको आधारमा पनि म जनतासामु परिचित छु,’ उनले भनिन्, ‘युवालाई स्थानीयस्तर, राष्ट्रियस्तर र अन्तर्राष्ट्रिय स्तरमा ल्याउने अभियानमा लागेकी छु ।’ 

विगत एक दशकदेखि राजनीतिमा आबद्ध भएकी बोगटीले दुई दशकयता कलेजका विद्यार्थीलाई संसदसम्बन्धी प्रशिक्षण दिँदै आएको बताउँदै मुलुक र समाजको परिवर्तनका लागि युवाको आवश्यकता रहेको उनले बताइन् । 

‘मतदातामा मेरो उम्मेदवारीप्रति गर्व छ,’ आफ्नो उम्मेदवारीका कारण मतदाता खुसी भएको बताउँदै उनले उनले भनिन्, ‘हामीले धेरै वर्ष हे¥यौँ तर केही पाएनौँ,’ उनी थप्छिन्, ‘तर यो पटक नयाँ र सक्षमलाई अवसर दिनुपर्छ ।’ 

यस्तै, देविका कुँवर राजनीतिक दलले मलुकमा लामो समय पालैपाले शासन गरे पनि जनताको माग पूरा गर्न नसकेकाको बताउँदै सो कुरा पूरा गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउँछिन् । 

‘मेरो उम्मेदवारी जनताको माग हो । मेरो रहर वा बाध्यता होइन,’ उनले भनिन्, ‘मुलुकको परिस्थितिले हामी जस्ता युवाको माग गरेपछि मैले उम्मेदवारी दर्ता गराएँ । मेरा वास्तविक मतदाता हुनुहुन्छ,’ उनले भनिन्, ‘उहाँहरूले मलाई सहयोग र समर्थन गर्ने विश्वास लिएकी छु ।’ 

चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी उनी आफूलाई सहानुभूतिको रुपमा भन्दा पनि महिला योद्धाको रुपमा लिइदिन अनुरोध गर्छिन् । 

अमुक निर्वाचन क्षेत्रभन्दा पनि समग्र नेपालको समस्यालाई बुझेर आफूले काम गर्दै आएको उनी बताउँछिन् । ‘गरिब तथा विपन्न वर्गसँग नजिक छु । उहाँहरूको ससना आवश्यकतालाई बुझेर काम गर्दै आएको छु,’ उनले भनिन्, ‘चेपाङ बस्ती, सुकुम्बासी बस्तीको धेरै समस्या छ ।’
यस्तै, उमेरले २९ वर्ष पुगेकी लक्ष्मी रसाइलीले नुवाकोट निर्वाचन क्षेत्र १ बाट उम्मेद्वारी दर्ता गराएकी छिन् । पार्टीभन्दा बाहिर बसेर निर्वाचनमा होमिएकी रसाइली आवश्यकताको आधारमा उम्मेदवारी दिन बाध्य भएको उनी बताउँछिन् । 

उनी लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील बन्दै आएकी छिन् । ठूला दलले जनताको समस्या समाधान गर्न नसकेकोले विकल्पको रुपमा चुनावी मैदानमा होमिएको उनी बताउँछिन् । 

‘यहाँ धनी र गरिबका लागि फरक शिक्षण प्रणाली छ । दलीय राजनीतिले सो समस्या समाधान गर्न सकेको छैन,’ उनले भनिन्, ‘समाजमा समानता कायम गर्नका लागि उम्मेदवारी दिएकी छु ।’  ठूला राजनीतिक दलले आर्थिक स्रोतको दुरुप्रयोगबाट चुनाव जित्ने उनको आरोप छ । 
तर, पनि आफूलाई जनताले आवश्यक सहयोग गर्ने विश्वास उनको छ । ‘मैले लामो समय समुदाय र यो क्षेत्रमा योगदान गरे,’ उनले भनिन्, ‘मैले गरेको कार्यको आधारमा नै म जनतासामु परिचित छु ।’ 

उनी आफूलाई सहानुभूति उम्मेद्वारको रुपमा लिन्छिन् । ‘मलाई जनताले सहानुभूति दिनुभएको छ,’ उनले भनिन्, ‘जनताले मलाई आवश्यक सहयोग गर्नुहुनेछ ।’