close

डा. तोसिमालाई घण्टी नबजाउन निर्देशन

डा. तोसिमालाई घण्टी नबजाउन निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले ललितपुर–३ की उम्मेदवार डा. तोसिमा कार्कीलाई  घण्टी बजाएर निर्वाचन प्रचारप्रसार नगर्न निर्देशन दिएको छ ।

घण्टी बजाएर प्रचार/प्रसार गर्दा ध्वनि प्रदूषण भएको भन्दै आयोगले उनलाई यस्तो निर्देशन दिएको हो । 

मंगलबार निर्वाचन आयोगमा आयोजित सर्वदलीय बैठकका केही दलका प्रतिनिधिहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले घण्टी लिएर बजाउँदै चुनाव प्रचारप्रसार गरेको र त्यसले आचारसंहिताको उल्लंघन गरेको भन्दै ध्यानाकर्षण गराएका थिए ।